बैशाख १५ पछि लकडाउनको मोडेल फरक हुने

३ वैशाख, काठमाडौं । कोरोना भाइरसका आजभोलि देखिएका ( कोभिड–१९) को आउटब्रेकले यसको नियन्त्रणका लागि जुटिरहेका सरकारी अधिकारीलाई झस्काएको छ । यसबारे अध्ययन गरिरहेका जनस्वास्थ्य विज्ञलाई पनि फरक तरिकाले सोच्न बाध्य गराएको छ । विज्ञ र सरकारी अधिकारीलाई फरक तरिकाले सोध्न बाध्य बनाउने तीन केस थिए –
पहिलो : वीरगञ्जदेखि कैलाली पुगेकी ६५ वर्षीया वृद्धामा देखिएको संक्रमण । उनलाई भएको संक्रमणको स्रोत अझै पत्ता लागेको छैन ।
दोस्रो : रौतहटको १९ वर्षीय युवाको संक्रमण । उनी क्वारेन्टाइनमा बसेका कारण अरुमा भाइरस ट्रान्समिसन भएको हुनसक्ने सम्भावना त कम छ तर लकडाउनको समयमा भारतबाट लुकछिपी मानिसहरु आइरहेका छन् र भोलिका दिनमा आउन सक्छन् भन्ने देखायो । किनकी उनी लकडाउन जारी भएको समयमा १६ चैतको मध्यराति नेपाल प्रवेश गरेका थिए ।
तेस्रो : ५ चैतमा बेलायत आएका तीन जनालाई र्यापिड टेस्ट गर्दा पोजेटिभ संक्रमण । तर पीसीआरमा जाँच गर्दा दुई जनाको पोजेटिभ र एक जनाको नेगेटिभ देखियो । यो केसलाई स्वास्थ्य मन्त्रालयले आयातित घोषणा गर्दै भन्यो, ‘कोरोना भाइरसले चीनबाट युरोप हुँदै दक्षिण एसिया छिर्दा रुप परिवर्तन गरेको हुनसक्छ । अब हामीले पुरानो मान्यतालाई मात्रै आधार मानेर पुग्दैन ।
यी तीन केसले कोरोना भाइरसको नियन्त्रणका लागि सरकारले बनाएको रणनीति र पूर्वतयारी अपर्याप्त देखायो । त्यही कारण स्वास्थ्य तथा मन्त्रालयले नयाँ रणनीति बनाउन बुधबार कोभिड–१९ सँग सम्बन्धित विज्ञहरुले सरकारले गरिरहेको कामको समीक्षा मात्र गरेन, अबको बाटो के भन्ने विषयमा रायसमेत लिएको छ ।
छलफलमा स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयका पदाधिकारीहरका साथै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान कोइराला, अर्जुन कार्की, महेश मास्के, शरद वन्त, सुशन मराठ्ठा, डा. लोचन कार्की, संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीलगायतका विज्ञहरु पनि उपस्थित थिए । र, छलफलले सरकारले आफ्नो रणनीतिमा थोरै परिवर्तन गर्नुपर्ने निश्कर्ष निकालेको छ ।
रयापिड टेस्ट किटले पनि छलफलमा स्थान पायो ।
स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीकाअनुसार अब आशंकित समुदायका पुरै मानिसर्को यापिड टेस्ट गर्नुपर्ने सबैको राय छ । समुदायमा जाँच गर्दा कसैलाई पोजेटिभ देखियो भने पुरै समुदाय सिल गर्ने र उनीहरुको तत्काल जाँच गरिनेछ । र, यसरी हुर्ने यापिड परीक्षणमा पोजेटिभ देखिनेहरुलाई फेरि पीसीआर विधिमा जाँच गरिने छलफलको निश्कर्ष छ ।
नेपालमा कोरोना संक्रमणले तेस्रो चरण प्रवेश गरेको हुनेसक्ने आशंका भएकार्ले यापिड टेस्ट गर्ने भनिएको डाक्टर कार्की बताउँछन् । उनका अनुसा र्रयापिड टेस्ट गर्दा पोजेटिभ देखिनु भनेको मानिसमा भाइरसको एण्टीबडी हुनु हो । र, त्यो एण्टीबडी भएको मानिसले लकडाउन र सामाजिक दुरीको पालना गरेको छैन भने समुदायको अरु व्यक्तिलाई पनि संक्रमण गराउनसक्छ ।
त्यसैले एक व्यक्तिमा संक्रमण देखिनासाथ समुदाय नै सिल गरेर सबैको परीक्षण गर्नुपर्ने निष्कर्ष विज्ञहरुको छलफलले निकालेको हो । डाक्टर कार्की भन्छन्, ‘यसो गर्न सकियो भने समुदायमा कोरोनाको संक्रमण फैलने सम्भावनालाई रोक्न सकिन्छ ।
त्यसैगरी कोभिड १९ सँग सम्बन्धित विज्ञहरुले ‘लकडाउन त गरियो, अब कसरी खोल्ने ?’ भन्ने विषयमा आआफ्नो मत दिएका छन् । लामो छलफलको निश्कर्ष छ, ‘वैशाख १५ गतेपछि लकडाउनको मोडल फरक हुनसक्छ । अहिले जस्तो सबैतिर बन्द गरेर समस्या समाधान हुन्न ।
त्यसो भए अबको लकडाउन कस्तो हुन्छ त ? लकडाउनबारे छलफलको निश्कर्ष सुनाउँदै डाक्टर कार्की भन्छन्, ‘अहिलेसम्म लकडाउन व्यवस्थित नभई लथालिंग भएको र यसले गलत सन्देश गएको सबैको राय रह्यो ।
त्यसैले अब जुन ठाउँमा संक्रमण देखिन्छ, त्यस ठाउँलाई सिल गरेर सबैको परीक्षण गर्ने र त्यसको नतिजाका आधारमा मार्किङ गर्ने बाटो हुनसक्छ । संक्रमण नदेखिएको तर सम्भावाना भएको ठाउँहरुमा पनि र्यापिड टेस्ट गरेर मार्किङ गर्नु उपयुक्त हुने छलफलको निश्कर्ष छ ।
यसरी परीक्षण गरेपछि रेड, एल्लो र ग्रिन जोन गरेर मार्किङ गर्ने भनिएको छ ।
रेड जोन निर्धारण गरेको क्षेत्रमा लकडाउन कडा गर्ने । एल्लो जोनमा अलिक खुकुलो बनाउने र ग्रिन जोनमा झन् खुकुलो बनाउने ।
रेड, एल्लो र ग्रिन जोन निर्धारण गरेपछि मात्रै लकडाउनको नयाँ मापदण्ड निर्धारण हुने बताउँदै कार्की भन्छन्, ‘कोरोनाको जोखिम नभएको ठाउँमा पनि लामो समयसम्म लक डाउन गर्दा देशको अर्थतन्त्रमा घाटा पर्ने निश्कर्ष निकालेर विज्ञहरुले यो सुझाव दिएका हुन् ।
डाक्टर कार्कीका अनुसार स्वास्थ्य मन्त्रालयको लथालिङ्ग भएको संरचनालाई पुनर्संरचना गर्ने पनि छलफल भएको छ । तर, यो कोरोनापछि गर्ने कार्ययोजना हो । स्थानीय तह, प्रदेश र सघंको संरचनाको कारण कोरोना नियन्त्रणमा सरकारले सोचेअनुरुप काम गर्न नसकेको भन्दै विज्ञहरुले पुनर्संरचनाको सुझाव दिएका हुन् ।
डेंगुदेखि झाडापखाला लाग्दासम्म स्वास्थ्य मन्त्रालयलले राम्रो काम गर्न नसकेको प्रष्ट थियो । कोरोनामा पनि त्यही समस्या दोहोरियो । यसो हुनुको कारण मन्त्रालयको संरचना भएको विज्ञहरुले निष्कर्ष निकाल्दै सरकारलाई २ वटा सुझाव दिएका छन् ।
पहिलो सुझाव : यस्ता महामारी रोक्न स्वास्थ्य मन्त्रालय अन्तर्गत नै विज्ञहरुको टिम राखेर विपत व्यवस्थापनको लागि खटिने छुट्टै टिम
बनाउने ।
दोस्रो : विपद व्यस्थापनका लागि नीति निर्माण र कार्ययोजना बनाउने छुट्टै टिम बनाउने रहेका छन् ।