Breaking News

एमाले तेस्रो धार पक्षका ५७ जनाको भेलागरी संयुक्त वक्तव्य १० बुंदे सहमति अनुसार पार्टी नेतृत्व अघि नबढे बिद्रोह गर्ने

नेकपा एमाले मा देखिएको बिग्रहले पार्टी टुक्रा टुक्रा हुने स्थिति देखिएको छ । एमाले बरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले एकीकृति समाजवादी पार्टी निर्माण गरिसकेका छन् भने माधव कुमार नेपालले अर्को पक्ष तेश्रो धारको रुपमा देखिएको छ । हिजो भएको भेलाले विद्यमान राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिक परिवेशमा पार्टी एकता अत्यन्त महत्वपूर्ण भएको निष्कर्ष निकालेको छ । काठमाडौंमा आयोजित भेलाले सो निष्कर्ष निकालेको हो । भेलापछि जारी संयुक्त वक्तव्यमा एमालेमा विभाजनको सकट आइलागेको बताउँदै थप विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट पार्टीलाई जोगाउने चुनौती अगाडि आएको बताइएको छ ।

वक्तव्यमा भनिएको छ, ‘अब नेकपा (एमाले) लाई विभाजन र विनाशको दिशातर्फ धकेलिनबाट जोगाउने चुनौती हाम्रा सामु छ । यसमा पार्टीका सबै इमान्दार नेता, कार्यकर्ता र सदस्यहरुको सकारात्मक भूमिका अपरिहार्य छ ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर तुल्याउन देशी–विदेशी प्रतिक्रियावादीहरु लागिपरिरहेको स्थितिमा मतभेद र अन्तरविरोधहरुलाई पार्टीको आन्तरिक प्रक्रियाबाट समाधान गर्दै अघि बढ्नु बुद्धिमानी हुने जनाउँदै संयुक्त वक्तव्यमा भनिएको छः ‘त्यस्तै राजनीतिक, सैद्धान्तिक र वैचारिक विषयहरुमा नेकपा (एमाले) को विधिसम्मत पद्धति अनुरुप पार्टी भित्र छलफल र बहसबाट निष्कर्ष निकाल्ने दिशामा अगाडि बढ्नुपर्छ ।’

भेलामा एमाले केन्द्रीय कमिटीका सदस्य तथा सांसदहरु समेत गरी ५७ जनाको सहभागिता रहेको जनाइएको छ । संयुक्त वक्तव्यमा एमाले तेश्रो धारका ९ जना नेताहरुले हस्ताक्षर गरेका छन् ।