Breaking News

नेकपा एमाले समाजवादी नामको नयाँ पार्टी निर्वाचन आयोगमा दर्ता ९५ जना केन्द्रीय सदस्यको सूचिसहित

२ भदौ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आज बुधबार नेकपा एमाले समाजवादी नाममा नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएको छ ।

सरकारले दल विभाजनलाई सहज हुने गरी अध्यादेश ल्याएपछि बुधबार आयोग पुगेका माधव कुमार नेपालसहितका नेताहरुले नयाँ दल दर्ताका लागि ९५ जनाको हस्ताक्षरसहित निवेदन दिएका छन् ।