देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि १९२९ जना संक्रमणमुक्त २७ जनाको मृत्यु

आज मुलुकभरमा २४ घण्टामा देशभर ३२७४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा २७ जनाले ज्यान गुमाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार जनाएअनुसार पछिल्लो २४ घण्टामा १९२९ जना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ७ लाख ३७ हजार २९४ पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७६ हजार ८३३ जना पुगेको छ । संक्रमितमध्ये ६ लाख ८७ हजार ६९ पुगेको छ ।