३२ साउन, काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मन्त्रिपरिषद्को आज सोमबार बसेको बैठकले मध्यराति १२ बजेदेखि अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको मन्त्रिपरिषद निकट स्रोतले बताएको छ ।
सर्वोच्च अदालतले २८ असारमा पुनर्स्थापना गरेको संसदको पहिलो बैठक ३ साउनमा बसेको थियो । त्यही दिन प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पनि लिएका थिए । त्यसपछि पनि प्रतिनिधिसभाको बैठक नियमित रुपमा हुँदै आए पनि विधेयक अगाडि बढेको छैन ।
विघटन बदर भएपछि पहिलो पटक साउन ३ गते बसेको प्रतिनिधिसभाको बैठकमा सरकारले बजेटलगायतका अध्यादेश पेश गरेको थियो । तर ती अध्यादेशमाथि पनि छलफल भएको छैन ।