२४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण ३५ जनाको मृत्यु २४५८ जना निको

३२ साउन, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

१० हजार ९३ पीसीआर परीक्षण गर्दा २ हजार ५६६ जना र ५ हजार ५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आर्ज कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ भने २ हजार ४५८ जना निको भएका छन् ।