Breaking News

काठमाडौं महानगरपालिकाले अझै केही दिन फोहोर नउठाउने र घरघरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध

काठमाडौं महानगरपालिकाले अझै केही दिन घरघरबाट फोहोर नउठाउने र काठमाण्डौबासीलाई घरबाट फोहोर बाहिर ननिकाल्न अनुरोध गरेको छ।

उपत्यकाभित्र उत्सर्जित फोहोरमैला विसर्जनका लागि नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर २ स्थित सिस्डोल ल्यान्डफिल्ड साइटमा पुर्‍याउने गरिएको थियो।

महानगरले सोमबार सूचना निकालेर अझै केही दिन फोहोर नउठाइने बताएको छ। ल्यान्डफिल्ड साइटको सडक बिग्रेकोले मर्मत गर्नुपर्ने अवस्थामा छ।

केहीदिनदेखि परेको वर्षाले ल्यान्डफिल्ड साइटमा सडक बिग्रेको छ।

‘सडक बिग्रेको कारण केही समयका लागि फोहोर ननिकाली दिनुहुन अपिल गर्दछौं,’ महानगरले सूचना निकालेर भनेको छ।

सडक मर्मत गरेपछि फोहोर लिन घरदैलोमा आउनेसमेत महानगरले बताएको छ।