Breaking News

नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने निर्णय

नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समितिको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको छ।
आज बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अघि बढ्ने निर्णय गरेको हो। बैठकमा नेताको कार्यविभाजन लगायतका विषयमा छलफल भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। उनले आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट आएका रिपोर्टलाई भोलि बस्ने स्थायी समितिको बैठकले व्याख्या र निस्कर्ष निकाल्ने बताए।

‘आज बसेको स्थायी समितिको बैठकले सकेसम्म आज नै केन्द्रीय समितिको बैठक सम्पन्न गर्ने गरी अगाडि बढ्ने कोशिष गर्ने समझदारी बनाएका छौं, आजको केन्द्रीय समितिको बैठकमा समूहगत छलफलबाट रिपोर्टहरू आउने छन्, त्यसपछि त्यसको व्याख्यार निस्कर्षको लागि स्थायी समितिको बैठक भोलि बस्नेछ ।

आजको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल हुनेछ। समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदन पास हुने बताइएको छ ।