पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले थुनाबाट छुट्न पाउनुपर्ने माग सहित दिएको निवेदनको मुद्दा हेर्न नमिल्नेमा

नेपाली काँग्रेसका प्रत्यक्ष निर्वाचित सांसद एवं पूर्वमन्त्री महोम्मद आफ्ताव आलमले थुनाबाट छुट्न पाउनुपर्ने माग सहित दिएको निवेदनमा आज शुक्रवार सुनुवाई भएन । न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको इजलासमा रहेको आलमको मुद्दामा ‘हेर्न नमिल्ने’ आदेश गरिएको छ ।

बम विष्फोट गराएर हत्या गरेको आरोपमा जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षमा पठाउने आदेश गरेपछि आलम थुनामा छन् ।