अमेरिकामा एकै दिन २४ सय जनाको मृत्यु

एजन्सी

बैशाख ३ , काठमाण्डौ । कोरोना भाइरसले भयावह स्थिति लिन थालेपछि अमेरिकामा हिजो मात्रै मंगलबार एकैदिन २ हजार ४ सय ७ जनाको मृत्यु भएको छ । यससँगै अमेरिकामा मृतकको संख्या २६ हजार ४७ पुगेको छ ।
वर्ल्डोमिटरको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २६ हजार ९ सय ४५ संक्रमित भेटिएपछि कूल संक्रमितको संख्या ६ लाख १३ हजार ८ सय ८६ पुगेको छ । संक्रमितमध्ये १३ हजार ४ सय ७३ को स्थिती नाजुक छ भने ३८ हजार ८ सय २० निको भएर घर फर्किसकेका छन् । यसले के जनाउछ भने अमेरिकामा भोलिका दिनमा मर्ने संख्या लाखौं हुन सक्ने अनुमान लगाउन सकिन्छ ।