Breaking News

सुपर फुटवलर स्टार लिओनल मेस्सी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी) मा अनुबन्धित

२७ साउन, काठमाडौं । अर्जेन्टिनी राष्ट्यि फुटबल टिमका कप्तान तथा सुपर फुटवलर स्टार लिओनल मेस्सी बास्राको सम्झौता समाप्त पछि बास्राको आर्थिक निगमअनुसार पुन बास्रामै रहन नमिल्ने भएपछि उनी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेनमा (पीएसजी) मा अनुबन्धित भएका छन् ।

मेसीले हिजो फ्रेन्च लिग वान क्लब पीएसजीसँग २ वर्षका लागि सम्झौता गरेका छन् । स्पानिस क्लब बार्सिलोना छाडेको दुई दिनपछि नै फ्रेन्च क्लबले ३४ वर्षीय मेस्सीलाई पेरिसमा भित्र्याउँदै दुई वर्षका लागि अनुबन्ध गरेको हो ।

यस्तै मेस्सीका लागि तेस्रो वर्ष पनि पेरिसमै बस्ने विकल्प खुल्ला गरिएको छ । पीएसजीले मेस्सीलाई फ्रि एजेन्टका रुपमा अनुबन्ध गरेको हो ।

पीएसजी युरोपियन च्याम्पियन्स लिग जित्ने महत्वकांक्षाका साथ पछिल्लो वर्ष स्टार खेलाडीहरु अनुबन्ध गरिरहेको छ । ला लिगाको आर्थिक नियम बाधक बन्दा मेस्सीले दुई दिनअघि मात्र आफ्नो प्रिय क्लब बार्सिलोना छाड्नुपरेको थियो ।

६ पटकका बालोन डे ओर अवार्ड विजेतालाई अनुबन्ध गरेपछि पीएसजीमा अब मेस्सीसंगै नेमार र किलिएन एमबाप्पेको अट्याकिङ लाइन हुनेछ ।

यसअघि नै पीएसजीले अच्रफ हाकिमीलाईलाई इन्टरबाट अनुबन्ध गरेको थियो भने सर्जियो रामोस, जर्जिनिओ विजनाल्डम र जियानलुजी डोनारुम्बालाई फ्रि एजेन्टको रुपमा अनुब्धन गरेको थियो ।

बार्सिलोनामा दुई दशक भन्दा बढी समय बिताएर पीएसजी पुगेका मेसीले नयाँ क्लबमा करियर शुरु गर्न आफू आतुर रहेको बताएका छन् ।

‘पेरिसमा मेरो करियरको नयाँ अध्ययाय सुरु गर्न म उत्साहित छु । यस क्लबको सपना मेरो महत्वाकांक्षासँग मेल खाने खालका छन् ।,’ मेस्सीले सम्झौतापछि भनेका छन् ।

मेस्सीले पीएसजीको खेलाडी र स्टाफको क्षमताको बारेमा आफू जानकार रहेको पनि बताए । ‘म उनीहरुसँगै मिलेर क्लबमा राम्रो गर्न प्रतिबद्ध छु ।’ मेस्सीले पार्क डे प्रिन्सको पिचमा जान समेत आफू आतुर रहेको बताए ।

त्यस्तै पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले मेस्सीलाई आफ्नो भित्र्याउन पाउँदा निकै खुसी लागेको बताएका छन् । ‘लिओ मेस्सीले पीएसजीलाई छनोट गरेकोमा म खुशी छु र उनलाई पेरिसमा हाम्रो परिवारमा स्वागत गर्न पाउँदा हामी गौरवान्वित छौँ,’ नासेरले भने ।

मेस्सी १३ वर्षको उमेरमै सन् २००० मा बार्सिलोनामा आबद्ध भएका थिए । उनले ला मासियाको युथ एकेडेमी हुँदै २००३ मा सिनियर टिममा डेब्यु गरेका थिए । मेस्सीले क्याटलान क्लबका लागि ७७८ खेलमा ६७२ गोल गरेका छन् । उनी बार्सिलोना र ला लिगाका कीर्तिमानी गोलकर्ता समेत हुन् । ६ पटका बालोन डे ओर अवार्ड विजेता मेस्सीले बार्सिलोनामा १० ला लिगा र ४ च्याम्पियन्स लिगसहित कुल ३५ वटा उपाधि जितेका थिए ।
पेरिसमा मेसीले ३० नम्बरको जर्सी लगाउने भएका छन् ।