Breaking News

नयाँ कार्यसमिती चयन गर्दै बगरफाँट बचत तथा ऋृण सहकारीको संस्थाको सातौ साधारणसभा सम्पन्न

२६ बगरफांट, पर्वत । जलजला गाउँपालिका- ३ मा अवस्थित मल्लाज बगरफाँट बचत तथा ऋृण सहकारी संस्थाको सातौ बार्षिक साधारणसभा श्रावण २३ सम्पन्न भएको छ । साधारणसभामा ३ नंः वडाध्यक्ष देवेन्द्र बहादुर भण्डारीको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । अन्य अतिथिमा १ नंः वडासदस्य युवराज अर्मजा, कदर मिडिया प्रा.लि.का गण्डकी ब्युरो कृष्ण बहादुर कार्की र संस्थाका निवर्तमान अध्यक्ष नविन जि.सि.को उपस्थितिमा कार्यक्रमको स्वागत मन्तब्य युवराज अर्मजा गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका निवर्तमान सचिव मनिषा पुनले गर्नुभएको थियो ।

२०७१ सालमा स्थापना भएको यो संस्थामा हालसम्म ८४ जना शेयर सदस्यको कुल शेयर पँजी ५५ लाख ९५ हजार रहेको छ । ८९ लाख ८१ हजार आठ सय ६३ रुपैयाँ ऋृण लगानीमा रहेको छ । आर्थिक बर्ष २०७६/०७७ मा ५ लाख ८३ हजार २ सय ११ रुपैयाँ मुनाफा गर्न सफल भएको जानकारी निर्वतमान अध्यक्ष नविन जी.सि.ले बताउनु भयो ।

साधारण सभाका प्रमुख अतिथी जलजला गा.पा. ३ वडा अध्यक्ष तथा संस्थाका संस्थापक अध्यक्ष देवेन्द्र बहादुर भण्डारीले बोल्ने क्रममा अन्य सहकारी संस्थासंग प्रतिस्प्रार्धा गदै अगाडी बढ्नका लागी सम्पुर्ण शेयर सदस्य, सञ्चालक समिती सक्रिय भई आफनै सहकारीबाट सम्पुर्ण कारोवार गर्नका लागी आग्रह गरेका थिए । प्रमुख अतिथि भण्डारीले अगाडी भन्नुभयो, संस्थालाई चलायमान बनाउन सम्पूर्ण शेयर सदस्यले समान शेयर १ हजार कित्ता पुराउन आग्रह
गर्नुभएको थियो । ।

Open Photo

त्यस्तै संस्थाका निबर्तमान अध्यक्ष नविन जिसी ले संस्थालाई अग्रगामी छलाङ मार्नको लागी सबै शेयर सदस्यहरुको साथ र सहयोगको खाँचो रहेको र संस्था एकीकरण सम्बन्धमा शेयर सदस्यको शेयर समान गर्ने सम्बन्धमा कार्यसमिती परिवर्तन सम्बन्धमा र लाभांश वितरण सम्बन्धमा छलफल गर्न आग्रह गरे ।

संस्थाको सातौ साधारणसभाबाट मोहन ब.जि.सि.को अध्यक्षतामा नयाँ कार्यसमिती चयन भएको छ । त्यस्तै उपाध्यक्षमा खिम प्रसाद शेरपुञ्जा, सचिव खगेन्द्र जि.सि, कोषाध्यक्ष, खिम माया पुन, सहसचिव ,टिका बहादुर माहिलीयार, सहकोषाध्यक्ष मञ्जु बरुवाल, सदस्यहरुमा क्रमशः कृष्ण ब. कार्की, ओम ब. बरुवाल, प माया पाईजा, सागर सेर्दुजा, पञ्चमाया पुन चयन भएछन ।

सातौ सधारण सभाले संस्था एकीकरण कार्यसमिति परिवर्तन, शेयर सदस्यको शेयर समान (बराबर) गर्ने, लाभांस वितरण सम्बन्धमा प्रस्ताव तथा निर्णय पारित गदै सम्पन्न भएको छ ।

 

लेखक : कृष्ण बहादुर कार्की / गण्डकी ब्युरो