Breaking News

निर्माण व्यवसायीको केन्द्रीय नेतृत्वकै कारण बेनी अस्पतालको भवन निमार्ण दुई बर्षदेखी अलपत्र

म्याग्दी, २६ साउन । म्याग्दीको बेनी अस्पतालको भवन निमार्णको जिम्मा लिएका निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष रवी शिंहले कार्ययोजना अनुसार काम नगर्दा करिब दुई बर्षदेखी भवन अलपत्र अबस्थामा परेको छ । २० महिना अघिनै सम्पन्न गर्ने सम्झौता गरेका निर्माण ब्यवसायीहरुको बिवाद अदालत पुगेपछि अधुरो भवन निर्माण कार्य पनि अन्यौलमा परेको हो । कोभिडको उच्च जोखिम रहेको सदरमुकाम बेनीमा अस्पतालको विरामी उपचार सेवा अस्थाई र साँघुरा कोठामा गर्नुपर्ने बाध्यता रहेको ब्यवस्थापन समितिका अध्यक्ष बेलबहादुर कटुवालले बताए ।

अस्पताल अलपत्र बनाउने तिनैजना व्यवसायीहरु शक्तिशाली छन् । विभिन्न वहाना बनाएर पहुँच र शक्तिका भरमा निर्माण व्यवसायीले योजनाको म्याद थप्दै आएका छन् । महादेव खिम्तीका सञ्चालक रवी शिंह निर्माण व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष छन् भने गल्वा कन्ट्रक्सनका सञ्चालक नरहरी थपलिया उपमहासचिव र रफिना कन्ट्रक्सनका सञ्चालक रविन जोशीले म्याग्दीको स्वास्थ्य क्षेत्रको भवनमा निर्माणमा खेलवाड गरिरहेका छन् ।

तत्कालीन सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले बि।स।२०७३ मङसिर २१ गते ५० शैया क्षमताको अस्पताल भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु। १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु। २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको थियो । महादेव खिम्तीका सञ्चालक निर्माण ब्यवसायी महासंघका अध्यक्ष रवी सिंह हुन् । यो भवन बनाउने जिम्मेवारी रबिन जोशीले लिएको थियो । बि।स। २०७६ मंसिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो । तर सम्झतौको मितिसम्म ५० प्रतिशत काम पनि भएको थिएन ।

भवन निमार्णका लागि पहिलो चरणमा कोरोनाको समस्या देखाउदै २०७७ जेठ २० गते एक बर्षका लागि म्याद थप गरिएको थियो । सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङका इन्जिनियर बिरबल सुनारका अनुसार हाल सम्म जम्मा ५५ प्रतिशत मात्र भौतिक निमार्णका कार्य सकिएको छ । उनका अनुसार अहिले सम्म ठेकेदार कम्पनीले ९ करोडको हारहारीमा भुक्तानी समेत लगिसकेका छ । गत आर्थीक बर्षमा २ करोड जतीको बिलका अनुसारको भुक्तानी माग गरेका थिए, सर्वोच्च अदालतले २ कारोडका बिल बाकी राखेर भुक्तानी गर्ने आदेश दिएकाले भुक्तानी दिएका छैनौँ’ सुनारले भने, अहिले पनी कोरोनाका कारण देखाउदै म्याद थपको लागि पत्र आएको छ ।’

चार हजार ९६३ बर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवन निर्माणको काम लिखित र मौखिक प्रतिवद्धता अनुसार भवन निर्माणलाई गति दिन नसकेपछि कालोसुचिमा राख्ने प्रक्रिया थाल्न जिल्ला प्रशासन कार्यालय म्याग्दीले कार्यालय पत्र समते काटेको छ ।आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषण मार्फत सरकारले गरेको घोषणा अनुसार आगामी मंसिर २० गतेसम्म म्याद थप गर्न सकिन्छ । साझेदारीमा काम गरेका तीन वटै निर्माण ब्यवसायीको बिवादले काम अघि बढ्ने आधार देखिएको छैन् ।

भवन निर्माण डिभिजन कार्यालय बागलुङले ठेकेदार कम्पनीलाई निमार्ण कार्य सम्पन्न गर्नका लागि हालसम्म १० वटा पत्र समेत काटेको छ । तर ठेकेदार कम्पनीले पत्रको बेवास्ता गरेको छ। निमार्ण व्यबसायी महासंघका अध्यक्षले नै जिम्मा लिएको आयोजनाको काम समयमा नसक्दा अस्पतालमा सञ्चालन गर्न सकिने उपचार समेत गर्न नसकीएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बेल बहादुर कटुवालले बताए । ‘५० शैया क्षमता भएपनि १५ शैयाको संरचना र पूर्वाधारबाट सेवा दिन बाध्य छौ’ उनले भने, अहिले सम्म निमार्ण व्यवसायीहरु सम्पर्कमा आएका छैनन् ।

स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ । सघन उपचार कक्ष ९आइसीयु० र डायलाइसीस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ । १५ शैया क्षमत्ताको अस्पताललाई २०७२ मा पचास शैयामा स्तरउन्नति निर्णय सरकारले गरेको थियो । जिल्ला राजनीतिक दल, प्रतिनिधि र प्रदेस सांसदको उदासिनताले बेनी अस्पतालको भवनसंगै जिल्लाका मुख्य सडकहरु हाईप्रोफाईल ठेकेदारले अलपत्र पारेका छन् ।

कोरलापोष्टबाट