Breaking News

नेपालमा थप ३,६५१ जनामा कोरोना संक्रमण २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भए

५ साउन, काठमाडौं । नेपालमा पछिल्लो घन्टामा थप ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १०,४४५ पीसीआर परीक्षण गर्दा २,६०९ र ६,१४९ एन्टीजेन परीक्षण गर्दा १०४२ गरी ३,६५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

आजै २४ घण्टामा कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको छ भने १ हजार ७८४ जना निको भएका छन् ।

सोमबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख १७ हजार ४८६ पुगेको छ । तीमध्ये १० हजार १०११५ जनाको मृत्यु भएको छ भने ६ लाख ७१ हजार ८३ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ जना रहेका छन् । जसमध्ये ३२ हजार ९०७ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३८१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ७४१ जना आईसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ६४ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका २१४ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

आज कुन जिल्लामा कति संक्रमित थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठामाडौंमा ६२४, चितवनमा २६३, कास्कीमा २१०, भक्तपुरमा १७०, ललितपुर १६५, मोरङमा १३१, बागलुङमा १२८ र सुनसरीमा १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नुवाकोटमा ९२, मकवानपुरमा ८६, नवलपरासी पूर्वमा ५८, झापामा ५४, धादिङ र रुपन्देहीमा ४४र४४ जना, दोलखामा ३४, पर्वतमा ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

पाल्पामा २३, धनकुटामा २१, कपिलवस्तुमा १८, तनहुँमा १६, सिन्धुपाल्चोकमा १५, सिरहा र बर्दियामा १४र१४ जना, सिन्धुलीमा १३, धनुषा, गोरखा र अर्घाखाँचीमा १२र१२ जना तथा महोत्तरीमा ११ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।