Breaking News

कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ

जसपा नेपालका सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आज बिहान सामाजिक संजालबाट ट्वीट गर्दै भनेका छन्, प्रतिगमनको खतरा अझै कायम नै रहेको बताएका छन् । कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ । पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्ने उनले चेतावनी समेत दिएका थिए ।

कोरोना झैँ प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउन सक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउन सक्छ ! पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रो चाहिँ संविधानको आत्मा मार्ने गरी आउन सक्छ।

डा. बाबुराम भट्टराई