आवश्यक तयारी पुरा नभएकाले भन्दै नेकपा एमालेले अध्यक्ष ओली पक्षीय केन्द्रीय समिति बैठक स्थिगित गरी एक दिन पर सार्दै दुबै पक्षका बिगठित कार्यदलका सदस्यहरु आन्तरिक छलफलमा जुटेका छन । तयारीम जुटे पनि कस्ता खालको तयारी हो भन्नेबारे केही खुलाइएको छैन ।
गोप्य रुपमा भएको छलफलमा पार्टी एकताको विन्दु पहिल्याउने प्रयास भइरहेको बुझिएको छ ।
‘पार्टी एकताबारे विभिन्न ढंगले कुराकानी भइरहेको छ ।
गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो । साथै एकता प्रक्रिया चलिरहेका बेला अध्यक्ष ओली पक्षले अघि सारेका सांगठनिक गतिविधिले एकताको वातावरण बिथोलिने भन्दै त्यस्ता गतिविधि रोक्न ध्यानाकर्षण गराएको थियो । तर सोही दिन एमाले प्रवक्ता तथा ओली पक्षीय नेता प्रदीप ज्ञवालीले एकताका नाममा अनन्तकालसम्म पर्खन नसकिने जवाफ दिएका थिए ।