२३ साउन, काठमाडौं । आफू पक्षीय जनवर्गीय संगठनहरुले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले म नै सर्वज्ञानी हुँ भन्ने अहंकारले पार्टीभित्र समस्या देखिएको टिप्पणी गरेका छन् ।
नेता नेपालले पार्टीभित्र देखिएको समस्या समाधान गर्नका लागि आफू एक्लैको प्रयासले सम्भव नहुने पनि बताए ।
‘हामी कहाँ पनि अहंकारका प्रवृत्तिहरु देखा परे । सामूहिकताका भावनाहरु हराउन थाले । अरुका ज्ञान अनुभवहरुलाई बेवास्ता गर्न थालियो । मै सबथोक, सर्बज्ञानी हुँ भन्ने अहंकार, घमण्ड बढेर गयो । र हाम्रो पार्टी नेकपा ९एमाले०मा समस्या देखाप¥यो’ उनले भने, ‘त्यो समस्या हामी हल गर्न चाहिरहेका छौं ।’
वरिष्ठ नेता नेपालले पार्टी एकताका नाममा बाँदरे नाच प्रदर्शन गरिएको टिप्पणी गरे । उनले आफूभित्र रहेका त्रुटी स्वीकार गरेर अघि बढ्ने आँट गर्नुपर्ने पनि बताए । ‘त्रुटी नभएको मान्छे कोही पनि हुँदैन । मान्छे हो त्रुटी हुन सक्दछ । सबै
सुध्रिउन् । देश, जनता र राष्ट्रका लागि समर्पित होऔं ।