घर जान हिडेकी एक किशोरी सामूहिक बलात्कारमा

२ वैशाख, कैलाली । कोरोना भाइरसको लकडाउनकै क्रममा आज कैलालीमा एक किशोरी सामूहिक रूपमा बलात्कृत भएकी छन् । कैलाजी जिल्लाको गौरीगंगा नगरपालिका–१ कि १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार भएकी छिन् । किशोरी आफन्तलाई भेटेर गएराति घर फर्किंदै गरेकी थिइन । खुरखुरियानजिकै सामूहिक बलात्कारमा परेको उजुरी परेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दक्ष बस्नेतले जानकारी दिएका छन् । ति बलात्कारी ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान पनि गरिहेको छ ।
प्रहरीका अनुसार, बलात्कृत किशोरीले आफूमाथि कुटपिट गर्दै बलात्कार गरेको बयान दिएकी छन् बलात्कारीहरुले धारिलो हतियार र मोटरसाइकल सहित पक्राउ परेको थियो ।