थप ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको

१९ साउन, काठमाडौं । नेपालमा थप ३ हजार ३८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आजै २४ घण्टामा कोरोना संक्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् ।