लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहेको भन्दै ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाए

लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा रहे पनि सरकारमा बसिरहेको भन्दै आज फेरि ४१ सांसदको हस्ताक्षर प्रदेश प्रमुखसमक्ष बुझाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी लगायतका विपक्षी गठबन्धनले प्रदेश प्रमुख अमिक शेरचनलाई भेटेर विपक्षी गठबन्धनबाट ४१ जना सांसदको हस्ताक्षर बुझाएका छन् ।
बुझाएको हस्ताक्षरमा पहिले माओवादी केन्द्र रोजे पनि अहिले आएर फेरि एमालेमा प्रवेश गरेकी भनिएकी विमला खत्री वलीको पनि हस्ताक्षर रहेको छ।

गठबन्धनले बहुमत आफ्नो पक्षमा भएको भन्दै गठबन्धनबाट माओवादी केन्द्रका कुलप्रसाद केसी (सोनाम) लाई मुख्यमन्त्री बनाउन दाबी गर्दै हस्ताक्षर बुझाएका हुन्।