राजधानीमा माधव नेपाल पक्षीय अखिल फोर्सको शक्ति प्रदर्शन

१६ साउन, काठमाण्डौं । नेकपा एमाले माधव नेपाल पक्षको अखिल फोर्सले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । काठमाडौं उपत्यकाको ठाउंठाउंमा मोटरसाईक र्याली निकालेर माइतीघर मण्डलामा अखिल फोर्सले शक्ति प्रदर्शन गरेको हो ।

मोटरसाइकल र्‍यालीसहित गरिएको प्रदर्शनमा एमाले वरिष्ठ नेता माधव नेपाल लगायतका नेताहरुको उपस्थिति रहेको थियो । र्‍यालीपछि बबरमहलस्थित कार्की ब्याङ्केटमा सभा चलिरहेको छ । अहिले सभालाई अनेरास्ववीयू का केन्द्रीय अध्यक्षले बोलिरहेका छन् ।