जशजापानले एकै दिनको संस्करण धेरै स्वर्ण जित्न सफल

१६ साउन काठमाडौं । जापानमा भइरहेको टोकियो ओलम्पिक २०२० मा १७ स्वर्णपदक जितिसकेको छ । यसअघि धेरै स्वर्ण जित्नेमा अगाडि रहने अमेरिका र चीनलाई यस पटक जापानले टक्कर दिइरहेको छ ।

त्यति मात्र होइन जापानले एकै ओलम्पिकमा सर्वाधिक स्वर्ण समेत जितेको छ । शुक्रबार फेन्सिङ अन्तर्गत पुरुष इपीमा टिममा स्वर्ण जितेपछि जापानले ओलम्पिक इतिहासमै एकै संस्करणमा १७औं स्वर्ण जितेको हो ।

जापानले यसअघि सन् १९६४ मा आफैं आयोजक हुँदा २००४ को एथेन्स ओलम्पिकमा समान १६ स्वर्ण जितेको थियो ।

घरेलु भूमिमा भइरहेको ३२औं गृष्मकालिन ओलम्पिकमा जापानले अहिलेसम्म जुडोबाट ९ स्वर्ण जितिसकेको छ । यस्तै पौडीबाट युई ओहासीले एक्लै दुई स्वर्ण जितिन् ।

पहिलो पटक ओलम्पिकमा समावेश स्केटबोर्डिङमा जापानले दुई स्वर्ण जित्दा मोमीजी निसिया ओलम्पिकमा स्वर्ण जित्ने जापानको सबैभन्दा कान्छी खेलाडी बनिन् ।

यस्तै जापानले टेबल टेनिस मिक्स्ड डबल्स र पुरुष फेन्सिङमा पनि स्वर्ण जितेको छ ।

जापानले आठौं दिनसम्म आइपुग्दा ४ रजत र ७ कास्य समेत जितेको छ । अझै ९ दिनको खेल बाँकी रहेकाले जापानले पदक थप्ने सम्भावना धेरै छ ।

जापान १७ स्वर्णसहित दोस्रो स्थानमा छ । १९ स्वर्ण जितेको चीन शीर्ष स्थानमा छ ।

जापानले एथेन्समा १६ स्वर्ण जित्दा २८ खेलको ३०१ इभेन्ट समावेश थियो । यसपटक ३३ खेलको ३३९ इभेन्ट समावेश छ ।