लुम्बीनी प्रदेशको प्रमुखमा हालै मात्र नियुक्त भएका अमिक शेरेचनले आज पद वहाली गर्ने क्रममा उत्तरगंगगाको पानी डाइभर्सन गरेर कालीगण्डकीमा पानीको बहाव कम हुन नदिने उपाय अवलम्बन गर्न सकिने शेरचनले सुझाए । ‘गण्डकी प्रदेश प्रमुख हुँदा पनि मैले यही सुझाव दिएको हुँ,’ उनले भने, ‘डाइभर्सन गरेको पानी जहाँ गए पनि नेपालीले प्रतिफल पाउने हो ।
शेरचनले संविधानभन्दा माथि कोही नभएकोमा जोड दिंदै आफूले संविधानले निर्दिष्ट गरे अनुसार निर्णय गर्ने बताए ।
आफ्नो कार्यकालमा कुनै अप्रिय विवाद देख्न नपर्ने अवस्था सिर्जना गर्ने उनले बताए ।
लुम्बिनी प्रदेशमा प्राकृतिक स्रोत साधन पर्याप्त भएको उल्लेख गर्दै तिनको सदुपयोग गरी प्रदेशको विकास गर्नुपर्नेमा शेरचनले जोड दिए ।
प्रदेश सरकार, राजनीतिक दल, संघसंस्था र नागरिक समाजसँग छलफल गरेर उनीहरुले दिएका सुझावका आधारमा आफू अघि बढ्ने उनको भनाइ छ ।
प्रदेश प्रमुख शेरचनले पदभार ग्रहण गर्नुअघि उनलाई स्वागत गर्न मुख्यमन्त्री र मन्त्रीहरु उपस्थित थिएनन् ।
गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गरेको थियो ।