१५ साउन, काठमाडौं । भारतलाई पराजित गर्दै श्रीलंकाले तीन खेलको टी-२० सिरिज जितेको छ ।
गएराति भएको तेस्रो तथा अन्तिम टी-२० खेलमा श्रीलंकाले भारतलाई ७ विकेटले पराजित गरेर घरेलु टोली श्रीलंकाले सिरिज २-१ ले जितेको
हो ।
भारतले दिएको ८२ रनको सामान्य लक्ष्य पछाएको श्रीलंकाले १४.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।
श्रीलंकाका लागि धनन्जय डा शिल्भाले अविजित रहँदै सर्वाधिक २३ रन बनाए । भारतका लागि राहुल चाहरले ३ विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिङ गरेको भारतले २० ओभरमा ८ विकेट गुमाएर ८१ रन मात्र बनाएको थियो ।
भारतका लागि कुलदिप यादवले अविजित रहँदै २३ रन बनाए । भारतलाई कम स्कोरमा रोक्न श्रीलंकाका वानिन्दु हसारांगाले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए ।
भारतका मुख्य खेलाडीहरु टेष्ट क्रिकेटमा व्यस्त रहेकाले शिखर धवनको कप्तानीमा भारतले श्रीलंका टुर गरेको हो । भारतले यसअघि ओडिआई सिरिज २-१ ले जितेको थियो ।