माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भेटघाटलाई तीव्रता दिने क्रममा आज बिहान प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेका थिए भने दिउंसो एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वर पुगेर कुराकानी गरेका थिए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवा र वरिष्ठ नेता नेपालसँग समसामयिक राजनीतिबारे कुराकानी गरेको प्रचण्डको सचिवालयले जानकारी दिएको छ। ‘उहाँहरूबीच आज बिहान ११ बजेतिर भेटवार्ता भएको हो ।

गठबन्धनका दलहरूबीच मन्त्रिमण्डललाई पूर्णता दिने र न्युनतम साझा कार्यक्रम ल्याउने तयारी छ।

देउवाले शुक्रबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी गरेको स्रोत बताउँछ। बुधबार गठबन्धनका शीर्ष नेताबीच बालुवाटारमा बसेको बैठकले छिट्टै मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेका थिए।