राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त

१२ साउन, काठमाडौं । आज बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त भएका छन् ।

मंगलबारकै मन्त्रिपरिषद बैठकले गण्डकी र लुम्बिनीमा नयाँ प्रदेश प्रमुख नियुक्तिका लागि सिफारिस गरेको छ ।

गण्डकीमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनीमा अमिक शेरचनलाई नियुक्तिका लागि सिफारिस गरेको हो । सरकारले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेल र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई बर्खास्त गरेर नयाँ प्रदेश प्रमुख सिफारिस गरेको हो ।