जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संसदीय दलको विधान पारित गरेको छ।

आज बसेको बैठकले उक्त निर्णय गरेको नेता मोहम्मद इस्तियाक राईले जानकारी दिए।

यस्तै बैठकले संसदीय दलको नेताको निर्वाचनका लागि ३ सदस्यीय निर्वाचन समिति समेत गठन गरेको छ।

समितिमा संयोजक नवराज सुवेदी, सदस्य रमेश यादव र सुशिला श्रेष्ठ रहेका छन्।

यसैगरी, बैठकले निर्वाचन आयोग र अदालतका मुद्दा मामिला हेर्ने जिम्मा नेता प्रकाश अधिकारीलाई दिएको छ।