महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्छ

११ साउन, काठमाडौं । जसपा नेपालको आधिकारिता आज सकिदै छ । निर्वाचन आयोगले आज जसापाका ५१ जना कार्यकारिणी सदस्यलाई निर्वाचन आयोगमै बोलाएर आधिकारित टुङगाउने तयारी मा छ जो अहिले सनााखत चलिहको छ । यसै क्रममा निर्वाचन आयोगमा सनाखद गर्न पुगेका पत्रकारलाई पत्रिक्रिया दिने क्रममा जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरले सार्वजनिक रुपमा माफी माग्नुपर्ने बताएका छन् ।

उहाँहरुलाई हामीले घोक्राएर पठाएको होइन, आफैं बाटो बिराउँदै बिराउँदै गलत ठाउँमा पुग्नुभयो । उहाँले बिराएको बाटो र गलत नीति सच्याएर सार्वजनिक रुपमा आत्मआलोचना गरेर आउनेु भयो भने यो पार्टी हो पार्टीले बिचार गर्छ ।

मौका दिनुपर्यो नि भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष यादवले भने, ‘मौका दिएकै हो, अध्यक्ष पनि बनाइदिएकै हो । अब के मौका दिन बाँकी छर ।’ उनले ठाकुर पक्षका लागि गेटमा ताला नलगाएको प्रतिक्रिया दिए ।

उनले ५१ जना केन्द्रीय कार्यकारिणी सदस्य रहेका ३४ जनाले आफ्नो पक्षमा सनाखत गरिसकेको जानकारी पनि दिए ।