देशलाई यो निकासबाट हल खोज्ने होईन भने देश रहने की नरहने दोधारमा

क. रणदीप

नेकपा कालिकोट पचालझरना गाउँकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम आज सम्पन्न । गाउँकमिटी ईन्चार्ज क. दिलमान को अध्यक्षता र जिल्ला सेक्रेटरी क. रणदीपको प्रमुख आतिथ्यता र कार्यालय सचिब क. निर्भिक युवा संगठन नेपाल को जिल्ला उपाध्यक्ष क. मिनेश शहिद परिवारको आतिथ्यता मा सम्पन्न प्रशिक्षण कार्याक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि क. रणदीपले बर्तमान व्यबस्थामा आएको संकटको समाधान संसदीय तरिकाले होईन जनमतसंग्रहबाट हल खोज्ने बेला आईसकेकोले जनमतसंग्रह र जनमत संग्रहबाट प्राप्त हुने बैज्ञानिक समाजवादले मात्र समाधान गर्ने भएकोले यसको बिषयमा जनतालाई सुसूचित पार्न सक्रिय भएर लाग्न निर्देशन दिएका थिए ।

सक्रेटरी दरणदीपले यदी देशलाई यो निकासबाट हल खोज्ने होईन भने देश रहने की नरहने दोधारमा जाने खतरा आएको ले जनतामा नयाँ जागरण ल्याउन २ महिना निरन्तर जनतामा जनु पर्ने आबश्यक्ता औल्याउनु भयो । उक्त प्रशिक्षणमा प्रत्यक वडाका ईन्चार्जहरुले भए गरेका कामहरुको रिर्पोट राख्नुका साथै साबिकको बदालकोट नानिकोट र राम्नाकोट गाबिसबाट करिब १०० जना को उपस्थिती रहेको थियो । उक्त प्रशिक्षण पछि बसेको बैठकले १ महिना राजनीतिक तथा संगठनात्मक अभियान संचालन गर्ने निर्णय सहित प्रशिक्षण कार्यकमका सभापति क. दिलमानले प्रशिक्षणको समापन गर्नु भएको थियो ।