जंगली च्याउको तरकारी खाँदा बाबु-छोराको ज्यान

१० साउन, इलाम । इलाममा जंगली च्याउको तरकारी खाँदा बाबु(छोराको ज्यान गएको छ ।

फाकफोकथुम गाउँपालिका-१ लुम्सुङवाङका का ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका छोरा १२ वर्षीय दिवस लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरीका अनुसार गएको साउन ३ गते घर नजिकैको जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा उनीहरु बिरामी परेका थिए । बिरामी परेपछि दुईरतीन दिन घरमै झारफुक गरेर बसिरहेका थिए पछि झारफुकले पनि सम्भव नभएपछि उपचार गर्न बिराटनगरको नोबेल अस्पताल लगिएको थियो, अस्पतालले उपचार हुन नसक्दा घर फर्काउने क्रममा उनीहरुको बाटोमै ज्यान गएको थियो । च्याउको तरकारी बाबु-छोराले मात्र खाएका थिए ।