पहाड खसेर गुर्जा खोला थुनिदा सो क्षेत्रका तटिय क्षेत्र जोखिममा

१० साउन, बेनी, म्याग्दी । म्याग्दी जिल्लाको गुर्जा खोला थुनिएको अवस्थामा छ । सदरमुकाम बेनीबजार हुँदै बग्ने म्याग्दी नदीको सहायक खोला गुर्जा खोला हो । धवलागिरि गाउँपालिका–१ गुर्जा स्थित खास्काको डाँडाबाट खसेको पहिरोले गुर्जा नदि थुनिएको र ठुलो तलाउ बनेको स्थानीय कृषक बताउछन् ।

गुर्जा र चुरेन हिमालको फेदीबाट बग्ने गुर्जा खोला मुदीमा आएर म्याग्दी नदिमा मिसिएको छ । ‘पहाड खसेर खोला थुनिएको र ठुलो तलाउ बनेको खेतवारीको काममा गएका स्थानीयले खवर गरेका छन्, एकैपटक तलाउ फुटेमा तटिय क्षेत्रमा जोखिम हुनसक्छ भनेर सुरक्षा निकायलाई जानकारी गराईएको छ । हिजो थुनिएको सो खोला ‘तलाउ भरिएर ओभोरफलो भएर लेदो माटो सहितको पानी बग्न लागेको समेत बताइएको छ ।