रामबहादुर थापा बादल र नेकपा महासचिव नेत्रविक्रम चन्दबीच भेटवार्ता

९ साउन, काठमाडौं । नेकपा एमालेका नेता तथा भूतपूर्व गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा विप्लव महासचिव नेत्रविक्रम चन्दबीच आज शनिबार भेटवार्ता भएको छ ।

पूर्वमाओवादी नेता बादललाई भेट्न विप्लव उनको निवासमा पुगेका थिए । भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन । बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए ।

तर त्यसको एक वर्ष नपुग्दै विप्लवले अर्को पार्टी गठन गरेर गए भने बादल नेकपा माओवादी केन्द्रमा फर्किए । हाल बादलले माओवादी केन्द्र पनि छाडेर नेकपा एमालेमा रहेका छन् ।