एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु यो बेठीक हो, असंसदीय हो, संविधान विपरीत हो

सुवास नेम्वाङ

८ साउन, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफ्नो पार्टीको एउटा समूहसँग गठबन्धन गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवामाथि कटाक्ष गरेका छन् ।

प्रतिनिधिसभाको अहिले जारी बैठकमा बोल्ने क्रममा उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिने क्रममा नेम्वाङले कांग्रेससँग हार्दिक सम्बन्ध राख्ने बताए । उनले भने, हामी तपाईंको पार्टीसँग तपाईंमार्फत सम्बन्ध विस्तार गर्छौं । तपाईंको पार्टीभित्रका कोही मित्रसँग छुट्टै गठबन्धन बनाउँदैनौं ।

एउटा पार्टीको केही व्यक्तिसँग गठबन्धन गर्नु यो बेठीक हो, असंसदीय हो, संविधान विपरीत हो भन्ने जान्दाजान्दै कांग्रेसले विगतमा ‘यी कम्युनिस्टहरु लोकतान्त्रक मूल्य मान्यता जान्दैनन् भनेर सम्झाउने गरेको भन्दै उनले भने, ‘त्यसैभित्र यो
पर्छ । त्यसउपर प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराउन चाहन्छु ।