७ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिंदा नेकपा एमालेका २२ जना सांसदले फोलोर क्रस गरेका २२ जना सांसदले पष्टीकरण दिने भएका छन् । पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले यस बारेमा बोल्ने क्रममा सर्वोच्च आदलतको फैसला र लोकतात्रिक मूल्य मान्यता अनुसार नै स्पष्टीकरण दिएका बताएका छन् ।
७ जेठमा फेरि प्रतिनिधिसभा विघटन गर्नु ५ पुसकै निरन्तरता भएको निष्कर्षसहित आफूहरु संसद पुनर्स्थापना र वैकल्पिक सरकार निर्माणमा लागेको नेता नेपालले बताएका छन् । पार्टी अध्यक्षलाई दिएको जवाफमा उनले भनेका छन्, ‘हाम्रो उक्त कार्य नेपालको संविधान, पार्टीको विधान, सम्मानित सर्वोच्च अदालतको फैसला र लोकतान्त्रिक मूल्य, मान्यता अनुकुल रहेको छ ।’
उनले पार्टी अध्यक्ष ओली २८ फागुन २०७७ यता पार्टीको विधान र प्रक्रिया विपरीत अघि बढेको र नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको जिम्मेवारी परिवर्तन गर्ने, २३ जनालाई केन्द्रीय कमिटीको सदस्य मनोनयन गर्ने, पार्टी विधानमा संशोधन गर्ने जस्ता निर्णय गरेको बताइएका छन् ।
पार्टी अध्यक्ष ओलीले नै विधानको गम्भीर उल्लंघन गरेकाले आफू विपक्षमा उभिएको भन्दै नेता नेपालले भनेका छन्, ‘अध्यक्षले गरेका गैर संवैधानिक, विधान विपरीत, सम्मानित सर्वोच्च अदालतको आदेशको वर्खिलाप र अलोकतान्त्रिक कार्यको प्रतिवाद स्वरुप गरिएको एक लोकतान्त्रिक अभ्यासलाई वैचारिक र राजनीतिक अन्तरविरोधका रुपमा बुझ्दै सोही अनुसार वार्ता, छलफल र सहमतिमा पार्टीलाई एकतावद्ध बनाउन आवश्यक रहेको बताएका थिए ।