Breaking News

प्रधानमन्त्री शेरबहादुर देउवाले अबदेखि बालुवाटारमा पार्टीका बैठक नराख्ने अवगत

४ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटार छिरेपछि दुई पटक पार्टीका बैठक बालुवाटारमा राखेपछि आलोचना आएपछि र पाटीैकै नेता तथा कार्यकर्ताबाट बिरोध भएपछि प्रधानमन्त्रीले देउवाले सरकारी निवास बालुवाटारमा अबदेखि पार्टीका बैठक नराख्ने बताएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना भएका कारण बालुवाटारमा बैठक बसेको र अब त्यस्तो नहुने विश्वासको प्रधानमन्त्रीले दिलाएको कांग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले बताए ।

‘प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा पार्टीको कुनै पनि बैठक नराख्न अनुरोध गरेका छौं । उहाँले पार्टी कार्यालयमा धर्ना भएको कारणले यो पटक बालुवाटारमा भएको हो, तर जे भए पनि अबदेखि त्यस्तो हुने छैन र गरिन्न भन्ने विश्वास दिलाउनु भएको छ,’ नेता थापाले भने, ‘यो विश्वासलाई कायम राखिदिनु होला ।’

अघिल्लो सरकारका पालामा एमाले अध्यक्ष रहेका केपी शर्मा ओलीले प्रधानमन्त्री निर्वाचित भएपछि पार्टीका कार्यक्रमहरु बालुवाटारमै राखेका थिए । प्रधानमन्त्री निवासलाई पार्टी प्यालेसजस्तो बनाइएको भन्दै ओलीको आलोचना हुँदै आएको थियो ।