Breaking News

ईश्वर पोखरेलद्धारा वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा

काठमाडौं । हिजो बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने क्रममा एमालेका ३३ जना सांसदले विश्वासको पक्षमा मत जाहेर गरेपछि नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीका वरिष्ठ नेता माधव नेपाल पक्षलाई खलनायक र विदूषकको संज्ञा दिएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘केही पात्रहरूद्वारा केही समयदेखि जारी अराजनैतिकरअनैतिक भद्दा नाटकको एउटा खण्ड पटाक्षेप भएको छ । कलाकारका रूपमा बाहिर देखापरेका खलनायक र विदूषक बारे भ्रममा नपरौं । सबैले राम्ररी चिनौं ।’

एमालेका ३३ जना सांसदले पार्टी ह्वीप उलंघन गरेका थिए भने २२ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए ।

माधव नेपाल पक्षका आठ जनाले मतदान नहुँदै सदन छोडेर तष्टथताको नीति लिएका थिए । अध्यक्ष केपी ओली पक्षका ८ जनाले पनि फ्लोर क्रस गरेर विश्वासको मत दिएका थिए । काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा र एमालेको विद्रोही पक्षसहित देउवाले १६५ मत पाएका थिए ।