Breaking News

एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री ओली संसद भवनमा टुप्लुक्क

काठमाडौं । पुनस्थापित प्रतिनिधिसभा बैठकमा पहिलो र दोस्रो सत्रको बैठक चलिरह्यो दोस्रो सत्रमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिने क्रममा छलफल चल्यो, दलीय प्रतिनिधिले आफ्ना धारणा राखे तर निवर्तमान प्रधानमन्त्री ओली भने आएनन् र उनी नआएकोमा प्रधानमन्त्री शेरबहादुर देउवा देखि अन्य राजनीति दलका नेताले खोजीिित गरे तर प्रधानमन्त्री देउवाले जवाफ दिइसकेपछि जब प्रधानमन्त्री देउवाको विश्वासको मत बिभाजन गर्ने बेला भयो अचानक ओली संसद भवनमा टुप्लुप्क आई पुगेका छन् ।

बैठक अवधिभर सभा बाहिर बसेका ओली मतदान गर्ने बेलमा सभाहलमा प्रवेश गरेका हुन् ।

सभा हलमा प्रवेश गरेर ओलीले प्रधानमन्त्री देउवासँग हात मिलाएका थिए ।