माधव पक्षको मत बिनै प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत पुग्ने

अचानक रुपमा जसपाको महन्थ ठाकुर पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । यस निर्णयसँगै एमालेको माधव समूहका कुनै सांसद् मत नदिएपनि देउवाको पक्षमा बहुमत पुग्ने भएको छ ।

यसअघि देउवाको पक्षमा कांग्रेसको ६१, माओवादी केन्द्रको ४९, राष्ट्रिय जनमोर्चाको १, जसपा उपेन्द्र समूहको २० गरी १ सय ३१ मत सुनिश्चित थियो । अब महन्थ पक्षको १२ थपिएसँगै देउवाको पक्षमा १ सय ४३ मत सुनिश्चित भएको छ ।

विश्वासको मतका लागि १ सय ३६ मत आवश्यक पर्छ । माधव नेपाल समूहका सांसदहरुले पनि देउवालाई मत दिने तयारी गरिसकेका छन् ।