संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज

३ साउन, काठमाडौं । संवैधानिक परिषद्सम्बन्धी विवादस्पद अध्यादेश खारेज भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्को शनिबार बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी हुन् । अघिल्लो केपी शर्मा ओलीले ल्याएको सो अध्यादेश हो ।