Breaking News

एमाले को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी माधव पक्षीय संसद अनुपस्थित

एमाले को संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा जारी माधव पक्षीय संसद अनुपस्थित
नेकपा (एमाले) को संसदीय दलको बैठक अहिले नयाँ बानेश्वरस्थित संसद भवनमा बसिरहेको छ। संसद भवनको ल्होत्से हलमा जारी बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू भने उपस्थित भएका छैनन् ।

नेपाल पक्षीय सांसदहरूले कोरोना परीक्षणका लागि संसद भवनमा गएका थिए तर उनीहरू बैठकमा सहभागी भएनन् ।

राष्ट्रिय सभा सदस्यसमेत रहेका उपाध्यक्ष वामदेव गौतम बैठक सुरू हुनै लाग्दै संसद भवनबाट बाहिरिएका थिए ।

यसअघि अध्यक्ष केपी शर्मा ओली समूहका स्थायी कमिटी सदस्यहरूमात्रै सहभागी भएको स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठक रोक्न भनेर नेपाल समूहका नेताहरू गए पनि अध्यक्ष ओलीले मानेका थिएनन्।