एमाले स्थायी कमिटी बैठक माधव पक्षद्धारा रोक्न आग्रह ओलीद्धारा ठाडै अस्वीकार

१ श्रावण, काठमाडौं । नेकपा एमाले भित्रको बिवाद अझै उचिएर गएको छ । सर्वोच्चको फैसलापछि बहिर्गमित भएर सत्ताच्यूत भएका निवर्तमान प्रधानमन्त्री ओलीले आफ्नो नीजि निवास बालकोट गएर पार्टीका वरिष्ठ नेता माधव नेपालप्रति कडा शब्द प्रहार गर्नुुका साथै नेपाललाई पार्टीभित्र ठाउं नै छैन भन्ने जस्ता अभिव्यक्ति दिएपछि झनै उग्ररुप लिएको एमालेभित्र संस्थापन पक्ष अध्यक्ष केपी शर्मा ओलीले आज स्थायी कमिटी बैठक राखेर चलिरहेको छ भने तर माधवकुमार नेपाल पक्षले स्थायी कमिटी बैठक रोक्न गरेको आग्रह ओलीले ठाडै अस्वीकार गरेका छन् ।

तुलसीलाल प्रतिष्ठान, च्यासलमा बसिरहेको स्थायी कमिटी बैठकमा ओली पक्षीय नेताहरु मात्र सहभागी भएका छन् । पार्टी एकताका लागि १० बुँदे सहमति जुटाएको कार्यदलमा रहेका माधवकुमार नेपाल समूहका नेताहरु च्यासलमा पुगेर बैठक रोक्न आग्रह गरेका थिए ।