सरकारी निवास वालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा प्रवेश

१ साउन, काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।

देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।