ओलीले बालुवाटार छाडेर बालकोट जांदै

३० असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन्। ओलीको विदाईमा एमाले नेता तथा कार्यकर्ताको दर्जनौं चारपांग्रे र दुईपांग्रे सवारी साधनसहित बालुवाटारबाट बालकोटसम्‍म स्कर्टिङ गरिरहेका छन् ।
अहिले सो स्कर्टिङ माईतिघरसम्म पुगेको तर सो क्षेत्रमा व्यापक पानी गरेकाले र्यालीलाई पानीले भिजाएर छ्याप्पै पारेको पनि छ

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । देउवाले बुधबार पद तथा गोपनियताको शपथ ग्रहण गर्दै बुधबार साँझ नै कार्यभार सम्हालेका छन् ।