नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिनेमा पहिलो नम्बरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल

२९ असार, काठमाडौं । राष्ट्पतिले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपालको प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त समारोहमा उपस्थित नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बधाई दिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा शपथ समारोह सकिएपछि प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा सबैभन्दा पहिले नेता नेपालले हात मिलाएर बधाई दिए ।
त्यसपछि क्रमश नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा सांसदहरुले बधाई दिएका थिए ।

शपथ समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।