अघिल्लो पटक कोभिड खोप छुटेका पत्रकारका लागि आज, भोली र पर्सी (असार २९, ३० र ३१ गते) खोप लगाउने व्यवस्था

काठमाडौँ, २९ असार । नेपाल पत्रकार महासंघको पहलमा पत्रकारलाई आजबाट कोरोना खोप लगाइने भएको छ। अघिल्लो पटक खोप छुटेका पत्रकारका लागि आज, भोली र पर्सी (असार २९, ३० र ३१ गते) खोप लगाउने व्यवस्था गरिएको नेपाल पत्रकार महासंघले बताएको छ ।

स्वास्थ्य सेवा विभागले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौँमार्फत सशस्त्र प्रहरी अस्पताल बलम्बुमा खोप लगाउने व्यवस्था गरेको हो।

महासङ्घको परिचयपत्र, सूचना विभागको परिचयपत्र वा महासङ्घ केन्द्रीय समितिको सिफारिसका आधारमा पत्रकारलाई खोप लगाउने व्यवस्था गरिएको छ।

प्रहरी अस्पताल बलम्बुमा बिहान ११ बजेबाट खोप लागाउने व्यावस्था मिलाइएको पत्रकार महासंघ काठमाडौँका अध्यक्ष सूर्य सुबेदीले जानकारी दिएका छन् ।

काठमाडौँ उपत्यकाबाहिरका हकमा भने जिल्ला स्वास्थ्य कार्यालयमार्फत समन्वय गरेर खोप लगाउन सबै जिल्ला शाखालाई आग्रह गरिएको छ।