मेसिको सपना पुरा

वर्तमान विश्वका उत्कृष्ट खेलाडीमा कहलिएका अर्जेन्टिनाका लियोनल मेसीको नाम चर्चाको शिखरमा छ । कप्तान मेसीले देशलाई अन्तर्राष्ट्रिय उपाधि जिताउन नसक्दा उनको ठूलो आलोचना हुने गरेको थियो । २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण जितेका मेसीले अरु ठूला प्रतियोगिता तथा अन्य कुनै पनि पदक देशलाई हात पारेका थिएन् । उनको प्रयास हरपटक विफल भए पनि यस पटक भने सफल भएरै
छाड्यो । आज बिहान ब्राजिलको रियो दे रंगशालामा भएको कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनल खेलमा उपाधि जिताउँदै आलोचकहरुको मुख बन्द गरेका छन् । करिब २८ वर्ष पछि अर्जेन्टिनाले यो उपाधि जित्न सफल भएको हो ।