Breaking News

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा स्वास्थ्यकर्मी पक्राउ

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङमा एक जना स्वास्थ्यकर्मी पक्राउ परेका छन्।

मोरङ पथरी शनिश्चरे नगरपालिका(१ दृष्टि चश्मा घरमा कार्यरत् राजेश साहलाई इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको हो।

साह सप्तरीका हुन्। साहविरूद्ध जबरजस्ती करणी मुद्दामा पीडित पक्षले किटानी जाहेरी दिएपछि पक्राउ गरी अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय साह र पीडित बालिकाको परिवार एउटै घरमा भाडामा बस्दै आएका थिए।

साहले आफूलाई आँखाको डाक्टर भन्ने गरेका छन्। तर, उनी डाक्टर हुन् होइनन् भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरमा नभएको बेला साहले ती बालिकालाई अश्लिल भिडियोह देखाउँदै जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

बालिकाले परिवारलाई सुनाएपछि अभिभावकको उजुरीको आधारमा मंगलबार इलाका प्रहरी कार्यालय पथरीले डाक्टरलाई पक्राउ गरेको थियो।