एमाले भित्रको जारी विवादलाई समाधान गरी पार्टी एक गर्ने भनेर तीन दिनदेखि दुबै पक्षबाबट बनेको कार्यदलको छलफलपछि हिजो बेलुका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको छलफल कुनै सहमति हुन नसकी सकिएको थियो । करिक २ घन्टा लामो छलफलमा कुनै सहमति जुट्न सकेन ।
हिजो सांझ मेरिट होटलमा भएको भेटमा अध्यक्ष ओली ’पावर सेयरिङ’ मा सहमत नभएपछि विवाद समाधान हुन हुन नसकेको बुझिएको छ ।
तथापि माधव नेपाल पक्षका नेताहरु भने आफूहरुले कुनै भागवण्डा वा ‘पावर सेयरिङ’ खोजेको नभई पार्टीभित्र सम्मानजनक एकता र प्याकेजमा सहमति खोजेको बताउँछन् । ओली पक्षले भने जेठ २ मा फर्किसकेको दाबी गर्दै केन्द्रीय कमिटीको बैठकमा आउन आग्रह गर्दै यसबाहेक नेपाल पक्षसँग कुनै पनि डिल नगरिने बटमलाइन बनाइएको छ ।
होटल मेरियटमा ओली र नेता नेपाललाई पार्टी विवाद समाधान गर्न गठित कार्यदलका सदस्यहरूले कार्यदल तहमा भएका सहमति र हुनसक्ने प्रगतिबारे ब्रिफिङ गरेका थिए । ओली र नेपाललाई कार्यदलका नेताहरू नेपाल पक्षका कार्यदल संयोजक भीम रावल, सदस्य सुरेन्द्र पाण्डे तथा ओली पक्षका कार्यदल संयोजक सुवास नेम्वाङ छलफलमा सहभागी भएका थिए ।