खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता

२३ असार, पोखरा । पर्वत जिल्लाको खहरे खोलामा आएको बाढीले गाडीसहित बगाउँदा दुई जना बेपत्ता भएका छन् ।

मध्यपहाडी लोकमार्गको ठेकेदार कम्पनी लामा कन्सट्रक्सनका इन्जिनियर र चालक बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय पर्वतका सिडिओ देवी पाण्डे खत्रीले जानकारी दिइन् ।

राति १० बजेतिर आएको बाढीले बगाउँदा बेपत्ता हुनेमा मध्यपहाडी लोकमार्ग आयोजनाका साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारु हुन् ।

कुश्मा नगरपालिका ८ दोबिल्लाको खहरे खोलाको बाढीले बगाएर बेपत्ता भएको गाडी मोदी खोलामा भेटिएको छ । ‘तर, खोलाको बहाव एकदमै ठूलो भएकाले निकाल्नै सकिएको छैन,’ सिडिओ खत्रीले भनिन्, ‘वेपत्ताहरुको अवस्था पनि अज्ञात छ ।

बाढीले सोही स्थानकै चार वटा टहरा र मध्यपहाडी लोकमार्ग निर्माण कम्पनीकै दुई वटा मोटरसाइकल र एउटा स्कुटर पनि बगाएको जानकारी दिइन् । ‘