२१ असार, काठमाडौं । विपक्षी गठबन्धन सम्बद्ध ५ विद्यार्थी संगठनले आज सरकारविरुद्ध प्रदर्शन गरेका छन् । काठमाडौंको माइतीघरमा नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, माधव नेपाल समूह निकट अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौं) ले प्रदर्शन गरेका हुन् ।
उनीहरुले राष्ट्रपति–प्रधानमन्त्री संविधान पढ लगायतका नारा लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए । प्रतिनिधिसभा विघटनको विरोधमा विपक्षी विद्यार्थी संगठनले विरोध गर्दै आइरहेका छन् ।